Ad imageAd image

‘लालीबजा’ टिम दर्शक भेट्न काठमाडौं बाहिर जाने, नेपालगन्जबाट यात्रा थाल्ने

थाइल्याण्ड नेपाल डट्कम
3 मिनेटमा पढ्न सकिने
3 मिनेटमा पढ्न सकिने

काठमाडौँ । वैशाख २५ देखि नेपालभर प्रदर्शनमा आएको फिल्म ‘लालीबजारु हेर्ने दर्शकसँग भेटघाट गर्न कलाकारसहितको टिम सुर्खेत, नेपालगंज पुग्ने भएको छ ।
अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, निर्देशक यम थापा, कार्यकारी निर्माता तथा पटकथाकार प्रदीप भट्टराईलगायतको टिमले आजदेखि सुर्खेतबाट मोफसल यात्रा सुरुआत गर्दैछ ।

फिल्म हेर्ने दर्शक तथा सेलिब्रेटीबाट तारिफ पाइरहेको ‘लालीबजार’ का दर्शकका रुपमा पछिल्लो समय परिवार नै दर्शक बनेर आइरहेका छन् । वादी समुदायका अभियन्ताले समेत फिल्म हेरेर सामाजिक सञ्जालमार्फत तारिफ गरिरहेका छन् ।

प्रदर्शनकै दिनदेखि काठमाडौँ उपत्यकामा विभिन्न सिनेमा घरमा पुगेर दर्शक भेटघाट गरिरहेको टिमले केही दिनउपत्यका बाहिरका दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै साक्षात्कार गर्ने कार्यकारी निर्माता प्रदीप भट्टराईले बताए ।

उनले भने, ‘हामीले दर्शकबाट प्राप्त गरिरहेको मायालाई शब्दमा व्यक्त गर्न सकिरहेका छैनौं । हामीले प्रदर्शन कै दिनदेखि काठमाडौँ उपत्यकाका दर्शकसँग भेटघाट गरिरहेका छौँ, अब हामी मोफसलका दर्शकलाई भेटेर प्रतिक्रिया लिनेछौं । यो यात्राले हामीलाई प्रत्यक्ष रुपमा दर्शकको प्रतिक्रिया बुझ्न मदत गर्ने विश्वास छ ।’
उनले सुर्खेतबाट सुरू हुने यात्रा नेपालगंज हुँदै मोफसलका अन्य सहरमा पनि पुग्ने बताए । ‘हामी दर्शकलाई सरप्राइज दिन विभिन्न सहरमा पुग्नेछौँ, उहाँहरूले फिल्म हेरिरहँदा अन्त्यमा हामीसँग साक्षात्कार गर्नुहुनेछ,’ उनले भने ।

- Advertisement -
Ad imageAd image

फिल्मले आफ्नो आमाको महत्व र छोरी प्रतिको दायित्व झनै बढाएको प्रतिक्रिया दर्शकले दिएका छन् । एकल आमाले सङ्घर्ष गरेर छोरीलाई पढाउने विषयले आँशु रोक्न नसकेको दर्शक प्रतिक्रिया छ । पहिलो दिन झैँ निर्माण टिम दोस्रो दिन शनिवार पनि उपत्यकाका विभिन्न हलमा पुगेर दर्शक भेटघाट गरिरहेको छ ।

अभिनेत्री खड्कासँगै हल पुगेका डेब्यु अभिनेता विशाल देवकोटालाई दर्शकले ‘राम्रो अभिनयु गरेको भन्दै प्रतिक्रिया दिए । फिल्ममा उनले निर्वाह गरेको ‘नारायण कै पात्रको नामले दर्शकले उनलाई हलमा बोलाए । डेब्यु अभिनेत्री प्रशंसा सुवेदीले सबै वर्गका दर्शकले फिल्मलाई माया दिईरहेको बताइन । जेनजी अभियन्ताकी रुपमा परिचित कन्टेन्ट क्रिएटर प्रशंसाले फिल्ममा स्वस्तिमाको छोरीको भूमिका निर्वाह गरेकी छिन् ।

‘लालीबजार’ निर्देशक तथा लेखक यम थापाले फिल्मको बारेमा गरिएको अड्कलबाजी फिल्म हेरेपछि स्पष्ट हुने बताए । उनले सपरिवार नै आनन्दले फिल्म हेर्न सकिने बताए । फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा आर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कडायत, निश्चल पन्थी र विरवल चौधरीलगायत कलाकारहरूको अभिनय रहेको छ।
यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गर्दैछन् । विशाल थियटरका अभिनेता तथा निर्देशक हुन् भने प्रशंसा जेनजी पुस्ताकी अभियन्ताकी रूपमा परिचित छिन् । निर्देशक यम थापाको कथा तथा निर्देशनमा बनेको फिल्म ‘लालीबजार’को पटकथा र संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन् । फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता हुन् ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
broken clouds
21° _ 21°
73%
3 km/h
मंगल
21 °C
बुध
24 °C
बिहि
28 °C
शुक्र
28 °C
शनि
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ