Ad imageAd image

उरुग्वेलाई साउदीको कडा चुनौती, खेल १–१ को बराबरीमा टुंगियो

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा उरुग्वे र साउदी अरबले अंक बाँडेका छन् । 

अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा मंगलबार बिहान सम्पन्न भएको खेल १–१ को बराबरीमा सकिएको हो ।

खेलको पहिलो हाफमा साउदी अरबले प्रभावशाली प्रदर्शन गर्दै अग्रता बनाएको थियो । ४१औं मिनेटमा अब्दुल्लाह अलाम्रीले गोल गर्दै साउदीलाई १–० को अवस्थामा पु¥याएका थिए ।

खेलको ८०औं मिनेटमा म्याक्सी अराजोले गोल गरे । अराजोको गोलसँगै खेल १–१ को बराबरीमा पुगेको छ ।

- Advertisement -
Ad imageAd image

बाँकी समयमा दुवै टोलीले निर्णायक गोलका लागि प्रयास गरे पनि सफल हुन सकेनन् । 

मंगलबार भएको पहिलो खेलमा बेल्जियम र इजिप्टले पनि १–१ को बराबरी खेलेका थिए । 

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
clear sky
23° _ 23°
59%
मंगल
31 °C
बुध
32 °C
बिहि
32 °C
शुक्र
32 °C
शनि
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ