Ad imageAd image

धरानमा अग्रवाल समाजद्वारा महारानी माधवीजीको ५१४७औँ जन्म जयन्ती श्रद्धापूर्वक मनाइयो

2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

धरान । अग्रवाल समाजकी कुल माता तथा महाराजा अग्रसेनजी महाराजकी अर्धाङ्गिनी महारानी माधवीजीको ५१४७औँ जन्म जयन्ती सुनसरीको धरानमा धार्मिक, सांस्कृतिक र भक्तिमय वातावरणमा मनाइएको छ।

आषाढ शुक्ल द्वितीयाको अवसरमा धरान–१२ स्थित अग्रसेन स्मृति भवन मा नेपाल अग्रवाल सभा, धरान र नेपाल अग्रवाल महिला मञ्च, धरानको संयुक्त आयोजनामा जन्म जयन्ती कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा महारानी माधवीजीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले अग्रवाल समाजमा पुर्‍याउनुभएको मातृत्व, त्याग, सेवा, धर्मनिष्ठा र पारिवारिक संस्कार निर्माणमा रहेको योगदानको स्मरण गरिएको थियो। वक्ताहरूले महारानी माधवीजीलाई अग्रवाल समाजकी कुल माता मात्र नभई आदर्श नारीत्व, मातृ शक्ति, पारिवारिक एकता र संस्कारमय जीवनको प्रेरणादायी प्रतीकका रूपमा चित्रण गरेका थिए।

कार्यक्रमको सुरुवात महिला सहभागीहरूले सामूहिक रूपमा आद्य देवी महालक्ष्मी चालीसा पाठ गरेर गरेका थिए। त्यसपछि माता माधवीजीका भजन, मारवाडी सांस्कृतिक गीत तथा परम्परागत पोसाकमा सजिएका महिला र बालबालिकाहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए। विभिन्न सांस्कृतिक कार्यक्रमले सभा हललाई भक्तिमय र उल्लासपूर्ण बनाएको थियो।

यस अवसरमा बा प्रतिभाहरूले ‘माता माधवीजीको जीवन, व्यक्तित्व र आदर्श’ विषयमा वक्तृत्वकला प्रस्तुत गरेका थिए। साथै उनीहरूले श्रीमद्भागवत गीताका संस्कृत श्लोकहरू सस्वर वाचन गरेका थिए। उत्कृष्ट प्रस्तुति दिने बालबालिकालाई पुरस्कार प्रदान गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमको मुख्य आकर्षण सामूहिक महाआरती रहेको थियो। महाआरतीमा उपस्थित अगरबन्धुहरूले सामूहिक सहभागिता जनाएका थिए। त्यसपछि प्रसाद वितरण तथा शुभकामना आदान–प्रदानसँगै कार्यक्रम सम्पन्न भएको थियो।

आयोजक संस्थाले यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमले नयाँ पुस्तामा आफ्नो धर्म, संस्कृति, पारिवारिक मूल्य र सामाजिक उत्तरदायित्वप्रति जागरूकता बढाउनुका साथै अग्रवाल समाजको गौरवशाली परम्परालाई संरक्षण र प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

सेयर: 10
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
overcast clouds
24° _ 24°
86%
1 km/h
शुक्र
24 °C
शनि
25 °C
आइत
26 °C
सोम
24 °C
मंगल
24 °C
संवाददाता
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ