Ad imageAd image

अष्ट्रेलियामा ‘बाटूलो जून’को लफडा : चलचित्र निर्मातामा नैतिकता देखिएन— हिमारू

थाइल्याण्ड नेपाल डटकम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

सिड्नी, अष्ट्रेलिया- नेपाली चलचित्र ‘बाटूलो जून’ रिलिजको पूर्वसन्ध्यामा गम्भीर विवादमा फसेको छ। अष्ट्रेलिया तथा न्युजिल्याण्डका लागि चलचित्रको विशेष प्रदर्शन अधिकार खरिद गरेको हिमारू इन्टरटेनमेन्ट (HimaRoo Entertainment Pty Ltd) ले चलचित्रको निर्माण पक्षले आफूहरूलाई गुमराहमा राखी अन्य समूहसँग सम्झौता गरेर गम्भीर धोका दिएको आरोप लगाएको छ।

हिमारू इन्टरटेनमेन्टका निर्देशक प्रमेज धामीका अनुसार आफ्नो समूहसँग कानुनी सम्झौता गरी रकम समेत लिइसकेको अवस्थामा निर्माण पक्ष (सनराइज पिक्चर्स प्रालि) ले अष्ट्रेलियाकै लागि अर्को समूहलाई पनि अधिकार बेचेको जानकारी बाहिरिएपछि विवाद सुरु भएको हो।

धामीले भने, “हामीले अष्ट्रेलिया र न्युजिल्याण्डका लागि चलचित्र प्रदर्शनको अधिकार खरिद गरेर सम्झौता अनुसारको रकम पनि चुक्ता गर्‍यौं। तर चलचित्र रिलिज हुने अन्तिम तयारी भइरहँदा ‘बाटूलो जून’ समूहले यो चलचित्र अर्को समूहलाई पनि बेचेको जानकारी पाएपछि हामी ठूलो मारमा परेका छौं। निर्माण पक्षको यस्तो अनैतिक र गैर-व्यावसायिक कदमविरुद्ध हामी कानुनी लडाइँमा अगाडि बढेका छौं।”

उनले थपे, “स्थापित ब्यानर र पुराना कलाकारहरूको यस्तो गैर-जिम्मेवार तथा बेइमानी व्यवहारले समग्र नेपाली चलचित्र क्षेत्रलाई नै लज्जित र बदनाम बनाएको छ। यो नेपाली सिनेमा उद्योगकै लागि घातक प्रवृत्ति हो।”

- Advertisement -
Ad imageAd image

प्राप्त विवरण तथा सम्झौता पत्र अनुसार, सनराइज पिक्चर्स प्रालि र हिमारू इन्टरटेनमेन्ट तथा विशिका फिल्म्सबीच अष्ट्रेलिया र न्युजिल्याण्डका लागि चलचित्र वितरण सम्बन्धी लिखित सम्झौता भएको देखिन्छ। हिमारूले चलचित्रलाई अष्ट्रेलिया र न्युजिल्याण्डमा बक्स अफिस रिलिज गर्नका लागि हल बुकिङ, प्रचारप्रसार तथा अन्य कानुनी प्रक्रियाहरू पूरा गरिसकेको र यस क्रममा लाखौँ रुपैयाँ खर्च भइसकेको जनाएको छ।

यसैबीच, अष्ट्रेलियाका लागि पहिल्यै आधिकारिक सम्झौता भइसकेको थाहा पाउँदापाउँदै अर्को समूहले “विश्व अधिकार” खरिद गर्ने दाबी गर्दै अगाडि सर्नु अर्को लज्जास्पद विषय भएको हिमारू पक्षको भनाइ छ।

निर्माताको द्वैध चरित्र र गलत नियतका कारण आफ्नो करोडौं रुपैयाँ जोखिममा परेको भन्दै हिमारूले क्षतिपूर्तिको माग सहित अदालत जाने प्रक्रिया थालेको छ। साथै, यस विषयमा आवश्यक छानबिन र न्यायका लागि चलचित्र विकास बोर्डमा समेत उजुरी दर्ता गराइसकिएको जानकारी दिएको छ।

हिमारू समूहले चेतावनी दिँदै भनेको छ, “हामीसँग भएको आधिकारिक सम्झौताको उल्लंघन गरेर चलचित्र प्रदर्शन गर्न खोजिएमा ‘बाटूलो जून’लाई अष्ट्रेलियामा कुनै पनि हालतमा चल्न दिइने छैन। हामीले पाउनुपर्ने क्षतिपूर्ति नपाएसम्म हाम्रो कानुनी लडाइँ जारी रहनेछ।”

सेयर: 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
scattered clouds
16° _ 16°
78%
2 m/s
बुध
16 °C
बिहि
22 °C
शुक्र
22 °C
शनि
22 °C
आइत
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ