Ad imageAd image

‘साहित्य मन थाइल्याण्ड’ को २९औँ शृङ्खलामा बालसिर्जना र प्रतिभाको भव्य प्रस्तुति

थाइल्याण्ड नेपाल डटकम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

बैंकक – साहित्य मन थाइल्याण्डको आयोजनामा ‘आदर्श दिव्य दर्पण’ को २९औँ शृङ्खला भव्यताका साथ सम्पन्न भएको छ। विश्व बाल दिवसको विशेष सन्दर्भ पारेर ‘बालसिर्जना र प्रतिभा’ शीर्षकमा अनलाइनमार्फत उक्त कार्यक्रम आयोजना गरिएको हो। सन् २०२६ नोभेम्बर २२ (वि.सं. २०८३ मङ्सिर ६ गते आइतबार) का दिन थाइल्याण्डको स्थानीय समयअनुसार बेलुकी ८:४५ बजे (नेपाली समय ७:३० बजे) फेसबुक लाइभ (@SahityaManT) मार्फत कार्यक्रम प्रत्यक्ष प्रसारण गरिएको थियो।

संस्थाका अध्यक्ष ओमप्रकाश न्यौपानेको अध्यक्षता र सचिव दीपा रानाको सहजीकरणमा सम्पन्न उक्त कार्यक्रममा डा. राजेन्द्रप्रसाद अधिकारी प्रमुख अतिथिका रूपमा रहनुभएको थियो भने जय श्रेष्ठ विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा विशेष अतिथि जय श्रेष्ठले बालबालिका तथा स्रष्टाहरूलाई उत्प्रेरणा जगाउने मार्गदर्शनसहितको मन्तव्य व्यक्त गर्नुभएको थियो। सोही क्रममा उहाँले आफ्नो कविता सङ्ग्रह ‘के दिउँ तिमीलाई’ बाट ‘भविष्यका सपनाहरू’, ‘ढुङ्गाको खेती’ र ‘आजका हाम्रा बालबालिका’ शीर्षकका तीनवटा मर्मस्पर्शी कविता वाचन गरी सुनाउनुभएको थियो।

बालबालिकाको सिर्जनशीलता र प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजित उक्त विशेष शृङ्खलामा विभिन्न स्रष्टा तथा बालप्रतिभाहरूले आ-आफ्ना उत्कृष्ट सिर्जनाहरू प्रस्तुत गरेका थिए। सो क्रममा योगेन्द्र पोयेकरले ‘मनका सुनौला सपना’ कविता सुनाउनुभयो भने विविशा दुलालले ‘आमा’ गीत प्रस्तुत गर्नुभयो। त्यस्तै रवि पाण्डेबाट ‘फुल्न देऊ, देऊ मुस्कुराउन देऊ’ कविता, आर्यन तिवारीबाट ‘जागृति’, आयुशा पराजुलीबाट ‘बालमनका सपनाहरू’ र शिशिर न्यौपानेबाट ‘ग्रेटा थनबर्ग र उनका दबाइएका आवाजहरू’ वाचन गरिएको थियो। कार्यक्रमलाई निरन्तरता दिँदै यान्छु तामाङले ‘म बच्चा हुँ मेरो पनि अधिकार छ’, सञ्जाल मौरतीले ‘बा कस्तो विडम्बना हो’, अरुण अधिकारीले ‘जागृति’ गीत, सोमा बिक शिखाले ‘अषाढ र बाँझा खेतहरू’, भीमलाल खनालले ‘नयाँ कुरा सिकौँला’ र राज पौड्यालले ‘म अनाथ मान्छे’ शीर्षकका सिर्जनाहरू प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि डा. राजेन्द्रप्रसाद अधिकारीले बालप्रतिभाहरूको प्रशंसा गर्दै सिर्जनात्मक यात्राको निरन्तरताका लागि शुभकामनासहित आफ्नो सारगर्भित मन्तव्य राख्नुभएको थियो। साहित्य मन थाइल्याण्डले प्रवासमा रहेर पनि नेपाली भाषा, साहित्य र नवप्रतिभाहरूको प्रवर्द्धनमा निरन्तर योगदान पुर्‍याउँदै आएको छ।

- Advertisement -
Ad imageAd image
सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
76%
1 m/s
मंगल
12 °C
बुध
21 °C
बिहि
20 °C
शुक्र
20 °C
शनि
21 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ