काठमाडौं । कास्कीको पोखरा-मर्दी ट्रेकमा २४ घन्टादेखि एक जना विदेशी पदयात्री सम्पर्कविहीन भएका छन् । शनिबार बिहान करिब ४ बजे मर्दी हाई क्याम्पबाट बेस क्याम्प हिँडेका मिचेल नाम गरेका स्वीडेनी युवक सम्पर्कविहीन भएको माछापुच्छ्रे गाउँपालिका ८ का वडाध्यक्ष राम गुरुङले जानकारी दिनुभयो । गाउँपालिकाले उठाउने पर्यटन शुल्क फर्ममा फर्म भरेर हिँडेका उनी साँझसम्म नफर्किएपछि खोजी तीव्र पारिएको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो । आइतबार बिहानसम्म सम्पर्कमा नआएपछि उनको खोजीमा वडा प्रहरी कार्यालय बगरको नेतृत्वमा प्रहरी बिहानै मर्दी बेसक्याम्प हिँडेको छ । करिब २२- २३ वर्षीय ती युवकले गाउँपालिकाको पर्यटक फर्म पनि पूरा नभरेको पाइएको वडाध्यक्ष गुरुङले बताउनुभयो ।
पोखरा-मर्दी ट्रेकमा २४ घन्टादेखि एक जना विदेशी पदयात्री सम्पर्कविहीन

प्रतिक्रिया
ट्रेन्डिङ
गजल
प्रचण्ड हुरीमा दियो बलेको देख्दारमाउँछन् मान्छे यहाँ ढलेको देख्दा।दया र मायाको आश गर्नु व्यर्थ छउपहास…
एनआरएनएकै नेटवर्क प्रयोग गरी अबैध क्रिप्टो धन्दा : विदेशमा रहेका नेपालीको करोडौं डुब्ने जोखिम
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नेटवर्क दुरुपयोग गर्दै विदेशमा रहेका नेपालीलाई लक्षित गरेर…
थाइल्याण्ड भिसा प्रक्रियामा नेपालीलाई कडाइ: अधिकांश आवेदकलाई अन्तर्वार्ता अनिवार्य, ६० प्रतिशतसम्म अस्वीकृत
बैंकक- थाइल्याण्ड सरकारले नेपाली नागरिकहरूका लागि भिसा प्रक्रियामा कडाइ गरेको छ। रोयल थाई राजदूतावासले यस…

