Ad imageAd image

राष्ट्रिय सभा निर्वाचनमा समन्वय गर्न सत्ता गठबन्धनले बनायो छुट्टै समिति

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ ।सत्ता गठबन्धले गठबन्धनको तर्फबाट राष्ट्रिय सभा निर्वाचनमा उठेका उम्मेदवारहरु लाई विजयी बनाउनका लागि आवश्यक समन्वय गर्न चार सदस्यीय समन्वय समिति गठन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलवार साँझ बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले निर्वाचनका प्रचार प्रसार लगायतका कामको लागि समन्वय समिति गठन गरेको हो ।

समितिमा नेपाली कांग्रेसका तर्फबाट रमेश लेखक, माओवादी केन्द्रका वर्षमान पुन, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र जसपाका मनिष सुमन रहनु भएको छ ।

समितिलाई गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउँन प्रचार प्रसार सामग्री निर्माणदेखि मतदाता भेटघाट र उम्मेदवारहरु सँग समन्वय गर्ने सम्मका कार्यको जिम्मेवारी दिइएको समिति सदस्य एवम जसपा नेता मनिस सुमनले जानकारी दिनुभयो ।

- Advertisement -
Ad imageAd image

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि १९ पदमा सत्ता गठबन्धनमा रहेका मुख्य चारदलहरु बीच सिट भागबण्डा भइ सोही अनुसार उम्मेदवारी परेको छ।

जसमा नेपाली कांग्रेसबाट १० जना, माओवादी केन्द्रबाट ६, जना, एकीकृत समाजबादीबाट २ जना र जसपाबाट १ जना गठबन्धनका साझा उम्मेदवारको रुपमा चुनावी मैदानमा छन् ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
broken clouds
17° _ 17°
100%
3 km/h
मंगल
18 °C
बुध
29 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ