काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको सजाय आज तोकिने भएको छ । यसअघि गत पुस १३ गते अदालतबाट दोषी ठहर गरिएका लामिछानेलाई सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो । लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ । यता लामिछाने जिल्ला अदालतको फैसला चित्तबाुझ्दो नभएको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत जाने भएका छन् । सन्दीपका वकिल सरोज कृष्ण घिमिरेले जिल्लाको फैसला चित्त नबुझेको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत जाने बताउँदै आएका छन् ।
सन्दीप लामिछानेको सजाय आज तोकिने

प्रतिक्रिया
ट्रेन्डिङ
उपत्यकाव्यापी दोस्रो चन्द्रागिरि नायः खिं बाजा प्रदर्शन तथा विविध सांस्कृतिक कार्यक्रम २०८३ आयोजना हुँदै
काठमाडौँ- नेपालको मौलिक कला, संस्कृति तथा परम्परागत बाजागाजाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ चन्द्रागिरि…
बाढी पीडितको राहत रकममा एनआरएनए थाइल्याण्डको ठूलो आर्थिक अनियमितता: सरकारको एकद्वार प्रणाली लत्याउँदै व्यक्तिगत संयुक्त खाता प्रयोग, १३ लाख ९० हजार भाट अझै हिनामिना गरिएको आशंका
थाइल्याण्ड- नेपालमा हालै आएको विनाशकारी बाढी-पहिरो पीडितका नाममा थाइल्याण्डबाट संकलित लाखौँ रुपैयाँमा गैरआवासीय नेपाली संघ…

