Ad imageAd image

जलवायु परिवर्तनको असर कम गर्न सार्कलाई क्रियाशील बनाउनुपर्छ : राष्ट्रपति पौडेल

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का नवनियुक्त महासचिव मोहम्मद गोलाम सरवारले शिष्टाचार भेट गर्नुभएको छ। 

राष्ट्रपति कार्यालयमा बुधबार भएको सो शिष्टाचार भेटवार्तामा राष्ट्रपति पौडेलले सार्कको मुख्य उद्देश्यसँगै अहिले देखापरेको जलवायु परिवर्तनका असरका कारण हिन्दुकुश हिमालय पर्वत क्षेत्रमा हिमाल बचाउनुपर्ने र पानीको स्रोत जोगाउनुपर्ने नयाँ चुनौती थपिएको उल्लेख गर्दै यो चुनौती सामना गर्न सार्क क्रियाशील हुनु जरुरी रहेको धारणा व्यक्त गर्नुभयो। 

उहाँले यस क्षेत्रमा एक दशमलव नौ अर्बभन्दा बढी जनता बसोवास गर्ने भएकाले तीनको जनजीवन सहज तुल्याउन सार्क मुलुकले साझा चुनौतीको रुपमा रहेको जलवायु परिवर्तन न्यूनीकरणका लागि मिलेर काम गर्नुपर्नेमा जोड दिनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। 

उहाँले  नेपाल सार्क वडापत्रमा अन्तरनिहित सिद्धान्त एवम् लक्ष्यप्रति सदैव प्रतिबद्ध रहँदै आएको तथा दक्षिण एसियाली क्षेत्रको आर्थिक वृद्धि, सामाजिक प्रगति एवम् सांस्कृतिक विकासलाई तीव्रता दिन सार्क प्रभावकारी माध्यम हुने विश्वास व्यक्त गर्नुभएको थियो। 

- Advertisement -
Ad imageAd image

उहाँले अवरुद्ध सार्क शिखर सम्मेलन आयोजना गर्न छिट्टै सहमति जुट्ने आशा व्यक्त गर्नुभएको छ। सार्क महासचिवले जलवायु परिवर्तनको नयाँ चुनौती सामना गर्न सार्क सदस्यले एक आपसमा सहयोग आदानप्रदानका लागि सचिवालय क्रियाशील रहने उल्लेख गर्नुभएको थियो।   

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
30°C
Kathmandu
few clouds
30° _ 30°
28%
7 km/h
मंगल
30 °C
बुध
30 °C
बिहि
29 °C
शुक्र
21 °C
शनि
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ