Ad imageAd image

नेपाली सेना राष्ट्रिय सुरक्षाको प्रमुख पहरेदार : उपप्रधानमन्त्री खड्का

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले जाजरकोट र रुकुम पश्चिम भूकम्पका घाइतेको खोज, उद्धार, राहत वितरण र पुनः स्थापनामा नेपाली सेनाले पुर्‍याएको योगदानको प्रशंसा गर्नुभएको छ । 

आज उत्तरपश्चिम पृतना हेडक्वार्टर सुर्खेतको निरीक्षण गर्दै उहाँले सेनाको योगदान र पेसागत दक्षताको उच्च प्रशंसा गर्दै सोका लागि सरकार र आफ्नो तर्फबाट पनि विशेष धन्यवाद दिनुभयो । 

“सीमित स्रोत, साधन र सुविधाको बाबजुद नेपाली सेनाले अहोरात्र राष्ट्र र जनताको सेवामा समर्पित रही काम गर्दै आउनुभएको छ। आफ्नो कार्य सम्पादनका क्रममा नेपाली सेनाले  भोग्नुपरेका समस्या तथा अप्ठ्याराहरूलाई नेपाल सरकारले महसुस गरेको छ”, रक्षामन्त्री खड्काले भन्नुभयो, “ती समस्या तथा अप्ठ्याराहरूलाई आगामी दिनमा सरकारले क्रमशः सम्बोधन गर्दै जाने छु ।’’

उपप्रधानमन्त्री खड्काले कर्णाली प्रदेश तथा सुर्खेत जिल्लामा नेपाली सेनालाई तालिम इलाका, ब्यारेक तथा अस्पताल निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने प्रक्रिया अगाडि बढाइएको जानकारी गराउनुभयो  ।

- Advertisement -
Ad imageAd image

राष्ट्रिय सुरक्षाको प्रमुख पहरेदारका रूपमा रहेको नेपाली सेनाले देशभित्र मात्रै नभई विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा संयुक्त राष्ट्र सङ्घको झण्डा मुनी रहेर शान्ति स्थापनामा विशेष योगदान दिएको भन्दै रक्षामन्त्री समेत रहनुभएका खड्काले नेपाली शान्ति सैनिकले विश्व शान्तिदूतका रूपमा खटिएर पूरा गर्दै आएको भूमिकाको अन्तर्राष्ट्रिय जगतबाट सधैँ उच्च प्रशंसा हुने गरेको बताउनुभयो । यसबाट नेपालको राष्ट्रिय गौरव र अन्तर्राष्ट्रिय क्षेत्रमा थप योगदान पुगेको उहाँको भनाइ थियो । 

उपप्रधानमन्त्री खड्काले अन्तर्राष्ट्रिय शान्ति स्थापनाको गहन जिम्मेवारी पूरा गर्ने प्रमुख आधारशिला नै नेपाली सेनाको व्यावसायिक दक्षता रहेको र यसै कारणले नै शान्ति सैनिकका रूपमा नेपाली सेनालाई संयुक्त राष्ट्र सङ्घले प्राथमिकता दिने गरेको चर्चा गर्नुभयो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
26°C
Kathmandu
scattered clouds
26° _ 26°
69%
1 km/h
सोम
27 °C
मंगल
28 °C
बुध
24 °C
बिहि
26 °C
शुक्र
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ