Ad imageAd image

मदिराको कालो बजारी : खुकुरी रमदेखि ब्ल्याक लेबलसम्म नक्कली

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । काठमाडौँ उपत्यकामा स्वदेशी र विदेशी ब्राण्डका नक्कली मदिरा  बनाउने गरी कालो बजारी हुने गरेको फेला परेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको कागेश्वरी मनाहरा नगरपालिका–५ स्थित भरत थापाको दुई तल्ले पक्की घरमा नक्कली मदिरा बनाउने गरिएको फेला परेको हो ।

थापाको घर भाडामा लिई विनोद कुमार कार्कीले नक्कली खुकुरी रम, गोल्डेन ओएक, फाइटर, सिङ्गनेचर, ३६५ ब्ल्याक लगायतका मदिरा बनाउने गरेको खुलेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवम् प्रवक्ता मिलन केसीले यसमा संलग्न नौ जनालाई पक्राउ गरेको जानकारी दिनुभयो । पक्राउ पर्नेमा रामेछाप घर भएका मनोज खत्री, महेश खत्री, मनिष खत्री र विनोदकुमार कार्की, सिन्धुपाल्चोक घर भएका मोहन खड्का र रोशन कार्की, सिन्धुली घर भएका गौरव तामाङ र लेखविक्रम थापा तथा काठमाडौँ घर भएका सुमन नगरकोटी रहेका छन् ।

काठमाडौँ उपत्यकामा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहीन नक्कली मदिराहरू उत्पादन गरी कालो बजारी भइरहेको भन्ने गोप्य सूचनाको आधारमा कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले माघ २ गते कार्कीले भाडामा लिई बसेको कोठामा खानतलासी गरेको थियो ।

- Advertisement -
Ad imageAd image

सो क्रममा मदिरा बनाउन प्रयोग गर्ने समानहरू, सगुन ब्राण्डको मदिरा पदार्थ, चिनी–पानी मिश्रित तरल पदार्थ, विभिन्न रक्सीहरूको खाली बोतल, आन्तरिक राजश्व विभागको अन्त शुल्कको स्टिकरहरू, लेवलिङ एवम् प्याकेजिङ गर्न प्रयोग गरिने सामानलगायत अन्य विभिन्न सामग्रीहरू फेला पारेको प्रवक्ता केसीको भनाइ छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
overcast clouds
20° _ 20°
98%
2 km/h
आइत
23 °C
सोम
24 °C
मंगल
24 °C
बुध
24 °C
बिहि
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ