छोरी बलात्कार गरी छोराको हत्या गर्ने बुबा पक्राउ

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । सुर्खेतको पञ्चपुरी नगरपालिकामा छोरीलाई बलात्कार र छोराको हत्या गरेको आरोपमा प्रहरीले बुबालाई पक्राउ गरेको छ । पञ्चपुरी नगरपालिका–६, कुवापानीका १८ वर्षीय छोरा भरत बुढाको हत्या गर्ने ४५ वर्षीय बुबा नयाराम बुढालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । टीकापुर–१ लम्किपुरबाट बुढालाई प्रहरीले पक्राउ गरेको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ नायब निरीक्षक नारायण शर्मा, प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदी, इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी प्रमुखको टोली टीकापुर गएको थियो । मोबाइल लोकेसनका आधारमा अनुसन्धान टोलीले पक्राउ गरेको हो ।

लम्कीपुरमा बुढा साडुदाइको घरमा बसिरहेको प्रहरीले जनाएको छ । मङ्गलबार बुढाले बन्चरो प्रहार गरी छोराको हत्या गरेको प्रहरीले प्राप्त गरेका विभिन्न आधारबाट पुष्टि भएको थियो । बहिनीलाई बलात्कार गरेको आरोपमा दाइले बुबाविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । सोही कारण छोराको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
59%
3 km/h
आइत
16 °C
सोम
19 °C
मंगल
20 °C
बुध
20 °C
बिहि
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ