रसिया पठाउने भनी सात लाख बढी ठगी गर्ने पक्राउ

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । प्रहरीले रसिया पठाउने भनी सात लाख ३० हजार लिई सम्पर्कविहीन बनेका २८ वर्षीय सरोज थापालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक मिलन केसीका अनुसार स्थायी ठेगाना कैलाली लम्कीचुहा नगरपालिका वडा नं. ६ भई हाल काठमाडौँ कीर्तिपुर नगरपालिका १० बस्ने थापाले मोहन साउँदलाई रसिया जान सात लाख ३० हजार रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि एक प्रतिष्ठित कम्पनीमा एक लाख रुपियाँ मासिक तलब हुने भनी प्रलोभनमा पारेका थिए ।

प्रहरीले उनलाई कीर्तिपुरको पाँगा दोबाटोबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाएको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
haze
23° _ 23°
46%
2 km/h
शुक्र
27 °C
शनि
27 °C
आइत
27 °C
सोम
25 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ