असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को १९ औं सम्मेलन शुरु,  प्रधानमन्त्री प्रचण्ड सहभागी 

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को १९ औं सम्मेलन युगाण्डाको कम्पालमा शुरु भएको छ । सम्मेलनमा नेपालको तर्फबाट भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे नेतृत्वमा परराष्ट्रमन्त्री नारायण प्रसाद साउद, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. रूपक सापकोटा, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, छोरी गङ्गा दाहाल लगायत प्रतिनिधिमण्डल युगाण्डा पुग्नुभएकाे छ । सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले नेपालको तर्फबाट सम्बोधन गर्नुहुने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

शिखर सम्मेलनले मन्त्रिस्तरिय बैठकको प्रतिवेदनमाथि विचार विमर्श गर्ने, सन् २०१९ मा भएको १८औँ शिखर सम्मेलनको नतिजा कार्यान्वयनमा हासिल भएको प्रगतिको समीक्षा गर्ने र कम्पाला घोषणापत्र पारित गरेर टुङ्गो लगाउने बताइएको छ ।

नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो र यसको स्थापनादेखि नै सबै नाम शिखर सम्मेलनमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ ।

असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमध्ये एक हो । प्रधानमन्त्री दाहाल भ्रमण सम्पन्न गरी यही माघ ७ गते बिहान काठमाडौँ आइपुग्नुहुने कार्यक्रम रहेको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
scattered clouds
25° _ 25°
41%
2 km/h
बिहि
27 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ