Ad imageAd image

टेलिकमका निलम्बित प्रबन्ध निर्देशक पौडेल पक्राउ

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध निर्देशक (हाल निलम्बित) सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक (हाल निलम्बित) विकल पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छ । बुधबार आयोगको टोलीले उहाँहरुलाई पक्राउ गरेको हो ।

गैरकानुनी सम्पत्ति आर्जन गरेको भनी परेको उजुरीका आधारमा अख्तियारबाट अनुसन्धान हुँदा पौडेलद्वयले नेपाल राष्ट्र बैंकको स्वीकृति बेगर विदेशी बैंकमा विदेशी मुद्रामा खाता खोली रकम जम्मा गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

यसैगरी, नेपालको सरकारी सेवामा कार्यरत रहँदा अन्तर्राष्ट्रिय परामर्शदाताको पदमा औपचारिक रुपमा नियुक्ति लिएको तथा विकलले संयुक्त राज्य अमेरिकाको स्थायी आवासीय अनुमतिसमेत लिएको देखिएकाले उनीहरुले कसुरसम्बन्धी प्रमाण नष्ट गर्न सक्ने देखिएको आयोगको ठहर छ । साथै फरार हुने सम्भावना भई अनुसन्धान कार्यमा बाधा पुग्ने देखिएकाले सुनिल र विकललाई बुधबार हिरासतमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
clear sky
19° _ 19°
100%
आइत
27 °C
सोम
27 °C
मंगल
27 °C
बुध
28 °C
बिहि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ