Ad imageAd image

राष्ट्रिय सभा निर्वाचन : ५० प्रतिशत मत खस्यो, नतिजा आजै आउने

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं, निर्वाचन आयोगले बिहीबार साँझ ७ बजेसम्म राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बिहानदेखि देशका सातै प्रदेशमा शान्तिपूर्ण रुपमा मतदान कार्य जारी छ ।उहाँले हालसम्म ५० प्रतिशतभन्दा बढी मतदान भइसकेको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, ‘‘एकदम शान्तिपूर्ण रुपमा मतदान कार्य सुचारु भई अगाडि बढेको छ । ५० प्रतिशतभन्दा बढी मत खसिसकेको छ । तर, मतदानका लागि दिउँसो ३ बजेसम्मको समय दिइएकोले मतदान कार्य बन्द हुँदैन ।’’

उहाँले त्यसपछि मुचुल्का गर्ने र यसको एक, डेढ घण्टापछि मतगणना सुरु हुने कार्यतालिका रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘आज बेलुका ६–७ बजेसम्म नतिजा आइसक्ने आयोगले अपेक्षा गरेको छ ।’’

- Advertisement -
Ad imageAd image
सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
overcast clouds
20° _ 20°
95%
1 km/h
बुध
25 °C
बिहि
24 °C
शुक्र
25 °C
शनि
25 °C
आइत
21 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ