Ad imageAd image

तत्कालै मन्त्रिपरिषद् पुनर्गठन हुने सम्भावना छैनः मन्त्री गुरुङ

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले तत्कालै मन्त्रिपरिषद् पुनर्गठन हुने सम्भावना नरहेको स्पष्ट गर्नुभएको छ ।

नेपाल प्रेस युनियन रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री गुरुङले मन्त्रिपरिषदमा परिवर्तन गर्ने सम्पूर्ण अधिकार प्रधानमन्त्रीमा नीहित रहेको बताउनुहुँदै मन्त्रिपरिषद् हेरफेरका विषयमा कुरा उठेपनि अहिले त्यो सम्भावना टरेको बताउनु भयो ।

मन्त्री गुरुङले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधयेक अब हुने संसद अधिवेशनमा प्रस्तुत हुने जानकारी दिनुहुँदै त्यसका लागि शीर्ष राजनैतिक दलका नेताहरुबिच सहमतिको प्रयास भइरहेको बताउनुभयो ।

उहाँले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक भरसक सहमतिमा पेस गर्ने र सहमति नभए पनि प्रकयामा गएर प्रस्तुत गर्ने जानकारी दिनुभयो ।

- Advertisement -
Ad imageAd image

नेपाली कांग्रेसका उपसभापति समेत रहनु भएका मन्त्री गुरुङले कांग्रेसको महासमिति बैठक फागुन ७ का लागि तोकिएको र अब नसर्ने स्पष्ट गर्नुभयो । नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कबिन्द्र नेपालको अध्यक्षता र सचिव कपिल ज्ञवालीको सञ्चालनमा पत्रकार सम्मेलन कार्यक्रम भएको थियो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
overcast clouds
25° _ 25°
62%
1 km/h
आइत
25 °C
सोम
31 °C
मंगल
30 °C
बुध
31 °C
बिहि
31 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ