आजैका दिन तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो नियन्त्रणमा लिएर ‘राजनैतिक कु’ गरेका थिए

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । आज माघ १९, तत्कालीन राजा ज्ञानेन्द्रले शाही सम्बोधन मार्फत शासन सत्ता आफ्नो नियन्त्रणमा लिएर ‘राजनैतिक कु’ गरेको दिन ।

ज्ञानेन्द्रले २०६१ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई हटाई प्रत्यक्ष शासन सत्ता आफ्नै हातमा लिएका थिए । राजाले प्रधानमन्त्री हटाएर शासन सत्ता लिएको सम्झनामा नेपालमा माघ १९ लाई प्रजातन्त्रमाथि ‘कु’ भएको दिनका रूपमा सम्झने गरिन्छ । तत्कालीन राजाको यो कदमले तत्कालीन ७ दल र नेकपा माओवादीलाई नजिक तुल्याएको थियो ।

त्यसपछि भएको १२ बुँदे सहमतिको जगमा २०६२–६३ को जनआन्दोलन भएको थियो । सात दल र माओवादीबिच सहमति भई सुरु भएको जनआन्दोलनको प्रतिफलस्वरुप पछिल्लो राजनीतिक परिवर्तन सम्भव भएको हो ।

त्यसैको जगमा भएको पहिलो संविधानसभाले मुलुकमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र घोषणा गरेको थियो । यससँगै पूर्वराजा ज्ञानेन्द्र नारायणहिटी छाडेर नागार्जुन जान बाध्य भएका थिए । त्यही आन्दोलनको सफलतापछि २ सय ३८ वर्षीय राजसंस्थाको अन्त्य भएको थियो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
few clouds
21° _ 21°
35%
मंगल
24 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
27 °C
शनि
16 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ