कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व मन्त्री केशवकुमार बुढाथोकीको निधन

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री केशवकुमार बुढाथोकीको सोमवार राती निधन भएको छ । नेता बुढाथोकीको विराटनगरमा उपचारकै क्रममा ८० वर्षको उमेरमा सोमवार राति ११ः३० बजे निधन भएको नेपाली काँग्रेस झापाका सचिव कृष्ण हुमागाईँले जानकारी दिनुभयो ।

लामो समयदेखि प्रोस्टेटको क्यान्सरबाट पीडित नेता बुढाथोकीको पछिल्लो समय मिर्गौलामा समस्या आएका कारण उपचार गराइरहनु भएको थियो ।

सेतो बाघ उपनामले चर्चित झापा अर्जुनधारा नगरपालिका निवासी नेता बुढाथोकी पञ्चायतकाल र गणतन्त्र दुवै शासन व्यवस्थामा मन्त्री हुनु भएको थियो ।

नेता बुढाथोकी सामान्य प्रशासन मन्त्री, जलस्रोत सहायक मन्त्री, राष्ट्रिय पञ्चायत सदस्य, प्रधानपञ्च, जिल्ला पञ्चायत सभापति भई सक्नुभएको नेता बुढाथोकी जनतामाझ लोकप्रिय नेता रहनुभएको थियो ।

दुई छोरा एक छोरी रहनुभएका बुढाथोकीको पार्थिक शरीरलाई आजै जिल्ला पार्टी कार्यालय झापामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने नेपाली काँग्रेस झापाका सचिव कृष्ण हुमगाईले जानकारी दिनुभयो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
13°C
Kathmandu
moderate rain
13° _ 13°
100%
2 km/h
शनि
13 °C
आइत
20 °C
सोम
20 °C
मंगल
22 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ