विदेशी मुद्राको सञ्चितिमा नयाँ रेकर्ड, पुससम्म १८ खर्ब १६ अर्ब पुग्यो

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । मुलुकको विदेशी विनिमय (मुद्रा) सञ्चितिले फेरि नयाँ रेकर्ड बनाएको छ । जसअनुसार गत पुससम्म कुल विदेशी मुद्रा सञ्चिति १८ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ ।

गत असारको तुलनामा पुससम्म विदेशी मुद्रा सञ्चिति १८ प्रतिशतले बढेको हो । पुससम्मको कुल विदेशी मुद्रा सञ्चितिले १२.१ महिनाका लागि वस्तु तथा सेवाको आयात धान्न पुग्ने दाबी राष्ट्र बैंकले गरेको छ ।

गत असारमा कुल विदेशी मुद्रा सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति ०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा गत पुस मसान्तसम्ममा १६.९ प्रतिशतले बढेर १३ अर्ब ६९ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपा राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा गत पुस मसान्तमा १८.९ प्रतिशतले वृद्धि भई १६ खर्ब २३ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति ०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा गत पुस मसान्तमा ११.८ प्रतिशतले बढेर २ खर्ब १६ अर्ब ३५ करोड कायम भएको छ । २०८० पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
scattered clouds
18° _ 18°
63%
7 km/h
आइत
18 °C
सोम
21 °C
मंगल
23 °C
बुध
25 °C
बिहि
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ