Ad imageAd image

‘ऊनको स्वीटर’ मा विपीन र मिरूनाको नयाँ रुप 

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । आर्टमान्डुको फिल्म ऊनको स्वीटरु को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। मंगलबार निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गरेका हुन्। सार्वजनिक पोस्टरमा अभिनेता विपीन कार्की र मिरूना मगरलाई प्रस्तुत गरिएको छ।

नविन चौहानले निर्देशन गर्ने फिल्ममा विपीन र मिरूनासँगै एलेक्स पारस, परीक्षा लिम्बु, अनिल सुब्बालगायत कलाकारको अभिनय रहनेछ। लालपूर्जा पछि मिरूना र विपीनको यो दोस्रो सहकार्य हो। फिल्मको कथा पनि निर्देशक चौहानले लेखेका हुन्।

चिन्तनराज भण्डारीले छायांकन गर्ने फिल्मलाई कृष्ण भण्डारीले सम्पादन गर्नेछन्। फिल्ममा सुजन र गायिका झुमा लिम्बु संगीत निर्देशक छन्। फिल्मका लागि शीर्ष गीत हर्क साउदले लेखेका हुन्।

चौहानले आर्टमाण्डुमार्फत तीनपाते, घुमीघुमी, फूलथुंगे रानी, चन्द्रमा, पाहुना हजुर, सुनाखरी, के माया लाग्छ र, बटौलीु जस्ता म्युजिकल फिल्म निर्माण गरिसकेका छन्।

- Advertisement -
Ad imageAd image

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
light rain
21° _ 21°
100%
2 km/h
आइत
25 °C
सोम
25 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ