इजिप्टका राष्ट्रपति र अमेरिकी विदेशमन्त्रीबिच भेटवार्ता

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

एजेन्सी । इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबिच भेटवार्ता भएको छ । मङ्गलबार गाजामा द्वन्द्व अन्त्य गर्न र प्यालेस्टाइनीहरूलाई मानवीय सहायता पुर्‍याउने प्रयासहरूबारे छलफल भएको हो ।

इजरायल र हमासबिचको युद्धविरामलाई सुदृढ गर्न क्षेत्रीय भ्रमणको एक भागको रूपमा काइरो आइपुग्नुभएका ब्लिन्केनले इजिप्टसँगको रणनीतिक साझेदारी र यस क्षेत्रमा शान्ति र स्थायित्व प्रवर्द्धन गर्ने भूमिकाका लागि अमेरिकी समर्थन पनि व्यक्त गर्नुभयो इजिप्टका विदेशमन्त्री समेह शौकरी र गुप्तचर प्रमुख अब्बास कामेल बैठकमा उपस्थित हुनुहुन्थ्यो ।

ब्लिन्केनले इजिप्टको क्षेत्रमा स्थायित्व प्रवर्द्धन गर्ने प्रयासको प्रशंसा गर्दै गाजामा जारी द्वन्द्वलाई विस्तार हुन नदिन इजिप्टसँग निरन्तर समन्वय गर्न इच्छुक रहेको बताउनु भयो ।

सिसीले संयुक्त राष्ट्र संघ र अन्य राहत एजेन्सीहरूसँगको सहयोगमा गाजामा मानवीय सहायता प्रदान गर्न इजिप्टको प्रयासलाई प्रकाश पार्नुभयो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
broken clouds
15° _ 15°
82%
2 km/h
मंगल
14 °C
बुध
25 °C
बिहि
25 °C
शुक्र
24 °C
शनि
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ