एसीसी महिला प्रिमियरःनेपालको विजयी सुरुआत, हङ्कङलाई आठ विकेटले हरायो

संवाददाता
3 मिनेटमा पढ्न सकिने
3 मिनेटमा पढ्न सकिने

काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा शनिबार नेपालले हङ्कङलाई आठ विकेटको फराकिलो अन्तरले हराएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ९३ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १४.१ ओभरमै केवल दुई विकेट गुमाएर ९५ रन बनाउँदै विजय लक्ष्य पार गर्‍यो । नेपालको जितमा कप्तान इन्दु बर्मा र सीता रानामगरले उत्कृष्ट साझेदारी गरे । इन्दुले ४० रनको योगदान गरिन् । उनले केवल ३३ बलको सामना गरी एक छक्का र तीन चौका पनि हिर्काइन् । सीताले अविजित ३६ रन जोडिन् । उनले ३८ बलको सामना गरी एक छक्का र एक चौका पनि प्रहार गरिन् । त्यसअघि ओपनर कविता कुँवर चार रन बनाउँदै आउट भएकी थिइन् ।

कविता आउट हुँदा नेपालले केवल ११ रन बनाएको थियो । त्यसपछि इन्दु र सीताले नेपालको स्कोरलाई ८७ रनको स्थितिसम्म पुर्‍याएका थिए । रुबिना क्षेत्री शून्य रनमा अविजित रहिन् । नेपालले अतिरिक्त रूपमा १५ रन पायो । त्यसअघि पहिले ब्याटिङ गरेको हङ्कङका लागि कप्तान केरी चानले २१ रन बनाइन् । मारियम बिबीले १९ रन जोडिन् । यासविन दसवानीले १५ र नताशा माइल्सले ११ रन बटुले । नेपाली टोलीका बलर पूजा महतो र रुबिना क्षेत्रीले दुई दुई विकेट लिए । कविता जोशी र सीता रानामगरले पनि एक एक विकेट हात पारे ।

एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले महिला प्रिमियर कप पहिलो पटक आयोजना गरेको हो । यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा आयोजना हुने महिला टी २० एसिया कपमा सहभागिता जनाउन पाउने छ । एसिया कपमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र छनोट चरणबाट आउने दुई टोली सहभागी हुनेछन् । फेब्रुअरी १८ तारिखसम्म सञ्चालन हुने महिला प्रिमियर कपमा कुल १६ वटा राष्ट्रको सहभागिता रहेको छ ।

नेपाल र हङ्कङसँगै भुटान र मालदिभ्स पनि समूह ‘डी’ मा परेका छन् । नेपालले दोस्रो खेल आइतबार भुटानसँग खेल्नेछ । नेपाल र माल्दिभ्सबिचको तेस्रो खेल भने मंगलबार खेलिने छ । प्रतियोगिताको समूह ‘सी’ मा बहराइन, इन्डोनेसिया, आयोजक मलेसिया र कतार रहेका छन् ।

समूह ‘बी’ मा चीन, जापान, ओमान र संयुक्त अरब इमिरेट्स यूएई परेका छन् । समूह ‘ए’ मा भने कुवेत, म्यानमार, सिंगापुर र थाइल्यान्ड रहेका छन् । समूहगत चरणको खेलपछि प्रत्येक समूहबाट दुई-दुई टोली प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । चारवटै क्वार्टरफाइनल खेल फेब्रुअरी १४ तारिखमा खेलिने छ । सेमिफाइनल खेल फेब्रुअरी १६ र फाइनल खेल १८ तारिखमा हुनेछ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
haze
22° _ 22°
64%
2 km/h
बिहि
25 °C
शुक्र
28 °C
शनि
27 °C
आइत
27 °C
सोम
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ