नेपालविरुद्ध क्यानडाको २० ओभरमा १ विकेट गुमाएर १०० रन

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । नेपालविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्यानडाले २० ओभरमा एक विकेट गुमाएर एक सय रन बनाएको छ । क्यानडाका ओपनर एरोन जोन्सन अविजित ४६ र तेस्रो नम्बरका ब्याट्सम्यान परगत सिंह अविजित एक रन बनाउँदै क्रिजमा छन् ।

क्यानडाको पहिलो विकेट आकाश चन्दले लिएका हुन् । आकाशले सिनियर टोलीबाट ‘डेब्यू’ गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो विकेट लिएका हुन् । सिनियर टोलीबाट आकाशको यो ‘डेब्यू’ खेल हो । यू-१९ राष्ट्रिय टोलीका तिब्रगतिका बलर आकाशले क्यानडाका ओपनर ब्याट्सम्यान नवनित धालिवाललाई विकेटकिपर आशिफ शेखद्वारा क्याच गराए ।

मैदानमा जमिसकेका नवनितले ४६ रन बनाएका थिए । उनले पेभेलियन फर्किनुअघि ६० बलमा आठ चौका हिर्काए । १८.२ ओभरमा नवनित आउट हुँदा क्यानडाले एक विकेट गुमाएर ९४ रन बनाएको थियो ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडाले टस जिती पहिले ब्याटिङको निणर्य लिएको हो । नेपाल र क्यानडाबिच तीनवटा एकदिवसीय खेलको शृंखला आयोजना हुन लागेको हो । यसअघि बिहीबार खेलिएको पहिलो खेलमा नेपाली टोलीले क्यानडामाथि सात रनको रोमाञ्चक जित हासिल गरेको थियो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
haze
25° _ 25°
53%
5 km/h
बिहि
25 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ