रुकुम पश्चिम । ‘शिक्षक ज्ञानका भण्डारमात्रै होइनन, समाज रुपान्तरणकालागि एक अग्रणी पनि हुन’ । एउटा शिक्षकमा विद्यालयको सुधारसँगै समाजको सुधार उतिकै आवश्यक हुन्छ भन्ने भनाईको एक उदाहरण हुन रुकुम पश्चिम त्रीवेणी गाउँपालिका ७ का रेशम पुन मगर । उनि प्रावि द्धितिय श्रेणीका शिक्षक हुन ।
रुकुम पश्चिम त्रीबेणी गाउँपालिका वडा नम्बर ७ मा पिता आइतुराम पुन र आमा देउमती पुनको कोखबाट जन्मिएका सन्तानमा तेश्रो र दाजु भाइमा जेठो पुत्रका रुपमा रहेका पुन लामो समय शिक्षक पेशामा आवद्ध छन । सानै उमेरमा बुवा गुमाए पछि दिदी भिनाजुहरुको साथ र सहयोगमा अघि बढेका पुन अहिले समाजका एक नक्षेत्र बनेका छन । उनि आमाको अभिभावकत्व र जिम्मेवारीले गर्दा एक अशल र सबैले रुचाईएका प्रधानाध्यापकको रुपमा चिनिएका हुन ।
शिक्षक सेवा आयोगले लिएको परिक्षामा आफनै गृह जिल्ला रुकुमबाट सिफारिस भएका उनको संघर्ष कम छैन । संघर्ष, धैयता र लगनशिलताका एक पर्यावाची बनेका पुनलाई अहिले थप जिम्मेवार बनाएको छ । राम्रो नेतृत्व, उत्कृष्ट ज्ञानसिपका कारण उनि अहिले विद्यालय र समाजमा थप परिचित बन्दै गएका छन । ०७९ सालमा लिएको बढुवा परिक्षामा पहिलो नम्बरमा नाम निकालेर सिफारिस भएका पुनले शिक्षाको गुणात्मक र वृद्धि विकासका लागि महत्वपुर्ण योगदान गरेका छन ।
ग्रामीन क्षेत्रका मास्टर पुन अहिले समाजका उदाहरणीय व्यक्ती बनेका छन, भने विद्यार्थीकालागि एक आदर्श शिक्षक । उनि भन्छन, शिक्षक पेसा सम्मानित र म¥यादित पेशा हो । उनको अबको शिक्षण यात्रा श्री साधारण माविमा हुने छ । उनि हालै सरुवा भएर त्यहाँ पुगेका छन ।
जन चाहना आधारभुत विद्यालयमा लामो समय शिक्षण गरेका पुन एक इमान्दार र योग्य शिक्षक भएको विद्यालयका सहायक प्रधानाध्यापक भरत बिसीले बताउनुभयो । उहाँले सरुवा प्रक्रियामा सहयोग गर्नु हुने सबैमा धन्यवाद दिदै थप उन्नतीको कामना गर्नुभयो । सरुवा भइ जाने विद्यालयले दुःख ब्यक्त गर्दा पुन जस्तो शिक्षकलाई पाउने विद्यालयले भने खुसी ब्यक्त गरेको छ ।
विद्यालयमा पदस्थापना हुदा नै विद्यालय व्यवस्थापन समितिले प्रधानध्यापकको जिम्मा दिएको थियो । त्यसको दुई वर्ष पछि आफुखुसी राजिनामा दिदा समेत सानीभेरी गाउँ कार्यापालिकाको निर्णय र शिक्षा युवा तथा खेलकुद शाखाले पुनः प्रधानध्यापकमा नियुक्ति गरेको थियो । त्यहाँको शैक्षिक, सामाजिक ,भौगोलिक र राजनीतिक वातावरण राम्रो हुदा हुँदै पनि घर पायक भएकाले उनि श्री साधारण माविमा सरुवा भएर आएका हुन । उनको महत्व र योगदानको चर्चा त्यो समय भयो जुन समय विदाई भइरहेको थियो ।
विद्यार्थी, शिक्षक, विद्यालय कर्मचारी, विद्यालय व्यवस्थापन समिति, अभिभावक सबै भावविह्वल हुदा विद्यार्थीहरुको विदाई गीतले त्यहाँको वातावरण थप कारुणीक बनायो । ‘हजुर बिना पढन मन लाउदैन’ बोलको विदाइ गीतले सबैलाई दुखीत बनायो । अहिले उनको स्थानमा शिक्षक खिमा केसी आउनुभएको छ ।