एमालेको केन्द्रीय समिति बैठक फागुन ८, ९ र १० गते

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । नेकपा एमालेले फागुन ८, ९ र १० गते बस्नेगरी केन्द्रीय समिति बैठक बोलाउने भएको छ । अनौपचारिक रुपमा नेताहरुबिच फागुन ८ देखि १० मा केन्द्रीय समिति बैठक बोलाउने सहमति भएपनि औपचारिक रुपमा भने सचिवालय बैठक बसेर मिति घोषणा गर्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

प्रमुख गौतमकाअनुसार बैठकमा झुलाघाट–चिवाभन्ज्याङ यात्राको समीक्षाका साथै पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा विश्लेषण हुनेछ । साथै बैठकमा २०८१ सालमा पार्टी शुद्धीकरण र सुदृढिकरण अभियान चलाउने यसअघिको घोषणाको कार्यान्वयन पक्षमा गर्नुपर्ने काम र तयारी तथा पार्टीको आन्तरिक सांगठानिक व्यवस्थापनको कार्यविधिमाथि छलफल गर्ने एमाले तयारी छ ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्थाबारे प्रतिवेदन पेस गर्नेछन् भने प्रदेश अध्यक्षहरुले प्रादेशिक रिपोर्ट पेस गर्नेछन् । एमाले विधान अनुसार ६, ६ महिनामा केन्द्रीय समितिको नियमित बैठक बस्नुपर्ने भएकाले सोही अनुसार बैठक बस्न लागेको एमाले स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठको भनाइ छ ।

नेता श्रेष्ठले केन्द्रीय समिति बैठकपछि एमाले शक्तिसहित बाहिर आउने बताउनुभयो। यसअघि नेकपा एमाले नेताहरुले फागुन पहिलो साताबाटै सरकार विरोधी आन्दोलन चर्काउने बताउँदै आएका थिए ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
45%
6 km/h
शनि
18 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ