Ad imageAd image

पोखरामा ६ केजी ६९ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

पोखरा—२ मोहोरियाटोलबाट स्रोत नखुलेको ६ केजी ६९ ग्राम सुनसहित भारतीय नागरिक सुरजित भौमिक मंगलबार पक्राउ परेका छन् । मोहोरियाटोलमा कवीन्द्रप्रसाद श्रेष्ठको घर भाडामा लिई कारोबार गरिरहेका उनको साथबाट उक्त परिमाणको सुन, ६ केजी चाँदी र नगद ६२ लाख ८१ हजार रूपैयाँ प्रहरीले बरामद गरेको हो ।

उक्त पसलमा अवैध रूपमा सुन तथा चाँदीका सामान तयार गरी बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक सुनिल मल्लको कमान्डमा खटिएको विशेष प्रहरी टोलीले सुरजितलाई पक्राउ गरेको थियो ।

भारतको पश्चिम बंगालस्थित मेदिनीपुर दासपुर ११ घर भएका ४० वर्षीय सुरजितले ३ तले घर भाडामा लिई विभिन्न किसिमका गरगहना तयार गरी बिक्री वितरण गर्ने गरेको कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले बताउनुभयो। सुरजितलाई आवश्यक कानुनी कारबाहीका लागि बुधबार राजस्व अनुसन्धान विभाग ललितपुर पठाउने उनले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुरजितले लामो समयदेखि घरभाडामा लिएर सुन चाँदीको गरगहना बेचबिखन गर्दै आएका थिए । उनको साथबाट भारतको आधार कार्ड, विभिन्न बैंकका १३ थान चेकसमेत बरामद भएको छ ।

- Advertisement -
Ad imageAd image
सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
few clouds
23° _ 23°
67%
1 km/h
बिहि
23 °C
शुक्र
31 °C
शनि
32 °C
आइत
31 °C
सोम
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ