साताको अन्तिम दिन १४.४६ अंकले घट्यो नेप्से

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने


काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक १४.४६ अंकले घटेको छ । साताको अन्तिम दिन शून्य दशमलव ६९ प्रतिशतले घटेको सेयर बजार २०६२.०३ अंकमा सीमित भएको छ ।

आज ३ अर्ब ८६ करोड ६९ लाख रुपैयाँ बराबरको १ करोड १४ लाख ७ लाख २६४ कित्ता सेयर किनबेच भएको छ । आज कुल ७९ कम्पनीको सेयर मूल्य बढ्यो भने १६३ कम्पनीको मूल्य घट्यो । ७ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

सबै उपसमुह घट्दा उत्पादन तथा प्रशोधन उपसमुह भने ९.१३ अंकले बढ्यो । सबैभन्दा बढी निर्जीवन बिमा ७९.६२ अंकले घट्यो । जीवन बिमा ७१.७८, विकास बैंक ५७.९२, फाइनान्स ५१.३४ अंकले घट्यो । बोटलर्स नेपाल(बालाजु), समाज लघुवित्त वित्तीय संस्थाको मूल्य १० प्रतिशतले बढ्यो ।

छ्याङदी हाइड्रोपावरको मूल्य ८ प्रतिशत बढ्यो । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको मूल्य ७.४७ प्रतिशतले बढ्यो । कारोबार रकमको अधारमा हिमालयन रि इन्स्योरेन्स, सगरमाथा जलविद्युत् कम्पनी अघि रहे ।

हिमालयन रि इन्स्योरेन्सको २२ करोड ८५ लाख ७६ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सगरमाथा जलविद्युत्को ११ करोड ५९ लाख ६५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
13°C
Kathmandu
mist
13° _ 13°
82%
1 km/h
बिहि
21 °C
शुक्र
22 °C
शनि
21 °C
आइत
22 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ