पेट्रोलियम पदार्थको मूल्य बढ्यो

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ — पेट्रोलियम पदार्थको मूल्य बढेको छ । इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर १.८३ र डिजेलको मूल्यमा प्रतिलिटर १.५६ रुपैयाँले बढेर आएकोले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिट २ रुपैयाँ वृद्धि गरेको नेपाल आयल निगमले जनाएको छ ।

निगमका प्रवक्ता मनोज ठाकुरले बिहीबार साँझ जारी गरेको विज्ञप्तिअनुसार नयाँ मूल्य आज मध्यरातिदेखि लागू हुनेछ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको विज्ञप्तिमा उल्लेख छ ।

भाउ बढेसँगै काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ७२ तथा डिडिजेल र मट्टितेलमा प्रतिलिटर १ सय ६० रुपैयाँ पुगेको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
45%
2 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ