आफुमाथि लगाईएको आरोपका विषयमा बोले कृष्ण कडेल, भन्छन् लोकप्रियतामाथि आखाँ लाग्यो

संवाददाता
3 मिनेटमा पढ्न सकिने
3 मिनेटमा पढ्न सकिने

काठमाडौं । चर्चीत कार्यक्रम इन्द्रेणीका संचालक गायक कृष्ण कडेलमाथि सोहि कार्यक्रमका कलाकारहरुले लगाएको आरोपका विषयमा उनले खण्डन गरेका छन् । पछिल्लो समय उनिमाथि सोहि कार्यक्रमका कलाकारहरुले विभिन्न आरोप लगाउन उनि सामाजिक संजालमा आलोचित बनेका छन् ।

कडेलले केहि समय अघि सो कार्यक्रमका केहि कलाकारहरुलाई निस्कासन गरेका थिए । उनले हटाएका कलाकारहरुले अहिले उनिमाथि विभिन्न आरोप लगाउदै आएका छन् । उनले एक वतव्य जारी गर्दै काल्पनिक र बनावटी कुरा राखी अन्तरबार्ता तथा लाइभमा बसेको र पत्रकार सम्मेलन गरेको भन्दै दुखित भएको बताएका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन् । इन्द्रेणी के हो ? कसरी चलेको छ भन्ने बिषय हाल पनि यस सस्थामा ३० भन्दा बढी कलाकार तथा कर्मचारी आबद्ध रहेको हुदा निजहरुसँग पनि प्रत्यक्ष बुझ्दा स्पस्ट हुने हुदा झुटा भ्रमपूर्ण अभिव्यक्तिलाई संचारमाध्यमहरुले एकतर्फी सम्प्रेक्षण नगरिदिनुहुन अनुरोध गर्दछु ।

अन्यथा म विरुद्ध लागेको झुटो आरोपहरु प्रकाशित गर्ने संचारमाध्यम तथा झुटा अफबाह फैलाउने व्यक्ति जो कोहि विरुद्ध कानुनी उपचारमा जान बाध्य हुने छु ।

सम्पूर्णमा इन्द्रेणीका भगवानरुपी दर्शक आमाबुबा

दिदीबहिनी दाजुभाईहरुमा म कृष्ण कंडेलको नमस्कार !!

नेपालको लोक सस्कृतिको जगेर्णा र संरक्षणको लागि इन्द्रेणी सास्कृतिक बिकास केन्द्रको जन्म गर्दाको दुख,पिडा र संघर्ष सम्झिदा आज पनि मेरो मन भक्कानिन्छ।देशका कुना कन्दरादेखि दूरदराजसम्मको प्रतिभा र श्रष्टाहरुलाई स्थान दिई प्रतिभा प्रस्फुटन गर्ने काम गरे ,गरिब दुखि र असाय-रोगी तथा अपाङ्गको संरक्षणमा म जिवन्त लाग्दै आए। बाल कलाकारलाई स्थान दिने देखि लिएर मृत्युको मुखमा पुगेका बिरामीहरुलाइ गरेको सहयोग र योगदान देखेर देश बिदेशका आमाबुबा दाजुभाइ दिदीबहिनीहरुले गरेको सहयोग जस्ताको तस्तै पुर्याउने पुलको काम गरे।दिनरात झरी,बादल ,कोरोना तथा दैविक प्रकोप केहीको प्रबाह नगरिकन अहोरात्र जीवन समर्पण गरे।

आज यस सस्थाका सबै कर्मचारी तथा कलाकारलाइ समान व्यवहारको काम गर्दा गर्दै पनि केहि कलाकार तथा कर्मचारीहरुले यस संस्था छाडी आज म तथा मैले संचालन गर्दै आएको इन्द्रेणी कार्यक्रमलाइ बदनाम गराउन र सिंगो संस्थालाई नै धरासायी बनाउन काल्पनिक र बनावटी कुरा राखी अन्तरबार्ता तथा लाइभमा बसेको र पत्रकार सम्मेलन गरेको बिषयले म सार्है दुखित छु। मैले कसैको पनि श्रम तथा सम्मानमा चोट तथा सोषण गर्ने कार्य गरेक छैन। झुटा कुरा बोलेको बिषयमा कानुनले समेत हेर्छ भन्ने विश्वास राखी म तथा इन्द्रेणी माथि गरेका अफवाह, कपोकल्पित तथा भ्रमित समाचारहरुको विश्वास नगरिदिनुहुन इन्द्रेणीका सम्पूर्ण दर्शक श्रोताहरुलाई हार्दिक अपिल गर्दछु।

साथै, इन्द्रेणी के हो ? कसरी चलेको छ भन्ने बिषय हाल पनि यस सस्थामा ३० भन्दा बढी कलाकार तथा कर्मचारी आबद्ध रहेको हुदा निजहरुसँग पनि प्रत्यक्ष बुझ्दा स्पस्ट हुने हुदा झुटा भ्रमपूर्ण अभिव्यक्तिलाइ संचारमाध्यमहरुले एकतर्फी सम्प्रेक्षण नगरिदिनुहुन अनुरोध गर्दछु। अन्यथा म विरुद्ध लागेको झुटो आरोपहरु प्रकाशित गर्ने संचारमाध्यम तथा झुटा अफबाह फैलाउने व्यक्ति जो कोहि विरुद्ध कानुनी उपचारमा जान बाध्य हुने छु।

कृष्ण प्रसाद कंडेल

अध्यक्ष

इन्द्रेणी सांस्कृतिक बिकास केन्द्र

सेयर: 19
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
49%
4 km/h
शुक्र
19 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ