बाल सुधार गृहमा झडप : तीन बालक घाइते

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । पोखरा महानगरपालिका वडा नम्बर १८ को सराङकोट, ग्यारजातीमा रहको बाल सुधार गृहमा झडप हुँदा तीन बालक घाइते भएका छन् । सोमबार राति भएको झडपमा बागलुङ, म्याग्दी र स्याङ्जाका एक/एक गरी तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

सोमबार राति १० बजेतिर खाना खाने लाममा बस्ने क्रममा झडप भएको हो । झडपमा घाइतेमध्ये दुई जनालाई टाउकोमा र एक जना सामान्य घाइते भएकोमा उपचारपछि तीनै जना सुधार गृह फर्किसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनुभयो ।

“खाना खाने लाइनामा बस्ने बेला विवाद भयो भन्ने बुझिएको छ । उनीहरू मणिपाल शिक्षण अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन्,” रानाले भन्नुभयो “घटनाको थप अनुसन्धान जारी छ । ”

अहिले देशभर आठ वटा बाल सुधार गृह छन् । बाल बिज्याइमा संलग्न साना बालबालिका र किशोरसमेत सँगै राख्दा समस्या भएको जानकारहरू बताउँछन् ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
drizzle
15° _ 15°
100%
आइत
22 °C
सोम
24 °C
मंगल
25 °C
बुध
27 °C
बिहि
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ