जाजरकोट भूकम्पः अस्थायी आवासका लागि थप ९० करोड निकासा

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ : जाजरकोट भूकम्पबाट प्रभावितका लागि अस्थायी आवास निर्माणले तीव्रता पाएसँगै सरकारले अनुदान रकम वितरणलाई प्राथमिकताका साथ अघि बढाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अनुदानको दोस्रो किस्ता उपलब्ध गराउन थप रु ९० करोड निकासा भएको छ ।

यसमध्ये रु ५० करोड जाजरकोट र रु ४० करोड रुकुम पश्चिमका जिल्ला विपद् व्यवस्थापन कोषमा पठाइसकिएको प्राधिकरणका प्रवक्ता गोमादेवी चेम्जोङले जानकारी दिनुभयो । आजसम्म अस्थायी आवास निर्माण गर्न कूल रु तीन अर्ब १६ करोड निकासा भएको प्राधिकरणले जनाएको छ ।

हालसम्म पहिचान भएका लाभग्राहीको सङ्ख्या ८२ हजार नौ सय ३७ पुगेको छ । अस्थायी आवास निर्माणमा पनि उल्लेख्य वृद्धि भएको जनाइएको छ । अहिलेसम्म ४८ हजार पाँच सय ६५ आवास बनिसकेका छन् भने निर्माण भइरहेका अस्थायी आवासको सङ्ख्या सात हजार आठ सय ३३ रहेको प्राधिकरणले जनाएको छ ।

त्रगत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भुकम्प गएको थियो । उक्त भूकम्पमा क्षति भएका घरहरुको अहिले अस्थायी आवास निर्माण जारी छ । पुनः निर्माणका लागि आवश्यक तयारी भइरहेको गृहमन्त्रालयले जनाएको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
few clouds
16° _ 16°
51%
1 km/h
आइत
25 °C
सोम
28 °C
मंगल
29 °C
बुध
29 °C
बिहि
17 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ