माल्दोवा पठाइदिन्छु भन्दै २४ लाख ठगी गरेको अभियोगमा एक पक्राउ

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौं, माल्दोवा पठाइदिन्छु भन्दै २४ लाख रूपैयाँ ठगी गरेको अभियोगमा ओखलढुंगा खिजिदेम्बा गाउँपालिका-७ घर भएका ६७ वर्षीय दल बहादुर बस्नेतलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

बस्नेतले ४ जनालाई वैदेशिक रोजगारीका लागि माल्दोवा पठाई प्रतिष्ठित कम्पनीमा सेक्युरिटी गार्डमा मासिक २ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्सासँग समन्वय गरी उनलाई पर्सा वीरगंज महानगरपालिका-१३ राधेमाईबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
60%
4 km/h
शनि
30 °C
आइत
27 °C
सोम
28 °C
मंगल
25 °C
बुध
14 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ