प्रधानसेनापतिद्वारा अभ्यास शान्ति प्रयास–चारको अवलोकन

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, प्रधानसेनापति प्रभुराम शर्माले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा सञ्चालन भइरहेको बहुर्राष्ट्रिय अभ्यास शान्ति प्रयास चारको अवलोकन गर्नुभएको छ ।

सो अवसरमा प्रधानसेनापतिले कर्मचारी प्रशिक्षण कार्यक्रम, क्षेत्रीय सैनिक प्रशिक्षण र क्षमता अभिवृद्धिसँग सम्बन्धित कक्षा तथा अभ्यासको अवलोकनका साथै अभ्यासमा सहभागी सैनिकसँग अन्तरक्रिया गर्नुभयो ।

अमेरिकी ग्लोबल पिस अपरेशन इनिसिएटिभको सहयोग तथा नेपाली सेना र अमेरिकी सेनाको सहकार्यमा यही फागुन ८ देखि सुरू भएको अभ्यासमा नेपालसहित १९ राष्ट्रका एक हजार एक सय २५ सैनिक सहभागी छन् । अभ्यास यही फागुन २१ गतेसम्म सञ्चालन हुनेछ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
few clouds
20° _ 20°
64%
2 km/h
बिहि
20 °C
शुक्र
29 °C
शनि
30 °C
आइत
27 °C
सोम
28 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ