न्यूयोर्कको हार्लेममा एउटा अपार्टमेन्टमा भीषण आगलागी, भारतीय नागरिकको मृत्यु

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

न्यूयोर्क । न्यूयोर्कको हार्लेममा एउटा अपार्टमेन्टमा भीषण आगलागी भएको छ । आगलागीमा परेर १७ जना घाइते भएका छन् । यस घटनामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुने युवक २७ वर्षका फाजिल खान भएको र उनी भारतीय नागरिक भएको न्यूयोर्कस्थित भारतीय दूतावासले पुष्टि गरेको छ ।

न्यूयोर्कको फायर बिग्रेड विभागका अनुसार हार्लेमको सेन्ट निकोलास प्लेसमा ६ तले २ अपार्टमेन्ट भवनमा लिथियम आइरन ब्याट्रीका कारण भीषण आगो लागेको थियो । अधिकारीहरूका अनुसार यस घटनामा १८ जनाको उद्धार गरिएको थियो । यसबाहेक १२ जनालाई स्थानीय अस्पतालमा भर्ना गरिएको बताइएको छ । यीमध्ये ४ को अवस्था गम्भीर भएको बताइएको छ ।

आगो दन्किन थालेपछि ज्यान जोगाउन मान्छेहरूले भवनबाट हाम फालेका थिए । सन् २०२३ मा न्यूयोर्कमा मात्रै लिथियम–आयन ब्याट्रीका कारण आगलागीका २६७ ओटा घटना भएको न्यूयोर्कको फायर डिपार्टभमेन्टले बताएको छ । यसमा १५० जना घाइते हुँदा १८ जनाको मृत्यु भएको थियो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
few clouds
25° _ 25°
41%
4 km/h
बुध
25 °C
बिहि
29 °C
शुक्र
31 °C
शनि
31 °C
आइत
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ