Ad imageAd image

एमालेद्धारा संसद्‍मा प्रधानमन्त्रीको जवाफ माग

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ । प्रतिपक्षी दलहरूले उठाएको प्रश्नको जवाफ दिन प्रधानमन्त्री संसदमा नआएको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्रीको जवाफ माग गरेको छ । आइतबार प्रतिनिधि सभामा आकस्मिक समय मागेर बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले संसद्लाई जवाफ नदिई प्रधानमन्त्री संसद्लाई छलेर हिँडिरहेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो–‘हामीले संयमताका साथ जिम्मेवारी बोधका साथ संसद्मा हप्तौँ दिनदेखि उठाएको विषय सुन्न सरकार तयार छैन । आज प्रधानमन्त्रीज्यूले यति महत्त्वपूर्ण विषयमा संसदमा आएर जवाफ दिनुपर्ने ठाउँमा आज संसद् छलेर बाहिर हिँडिरहनुभएको छ ।

यहाँ उठेका कुराहरूलाई उहाँले नजर अन्दाज गर्नुभएको छैन । यो अत्यन्तै दुख र चिन्ताको कुरा हो । हामी कहिले पनि संसद् अवरोध होस भन्ने चाहँदैन ।

सरकारले सुनिदियो भने हामीले संसद् अवरुद्ध गर्ने, बेल घेर्ने काम गर्नुपर्दैन ।’ सरकारले विपक्षी दलले उठाएका कुरा सम्बोधन नगरेर उत्तेजित बनाउने, बलमिच्याइँ गर्ने काम गरेका कारण विगतमा संसद् अवरुद्ध भएको बताउँदै त्यसतर्फ नलाग्न आग्रह गर्नुभयो ।

- Advertisement -
Ad imageAd image

सरकारले सुनुवाइ नगरेको भन्दै एमालेले बैठक अवरुद्ध गरेपछि प्रतिपक्षले उठाएको विषयको जवाफ दिन सभामुख देवराज घिमिरेले रुलिङ गर्नुभएको छ ।

गत फागुन ६ गतेको संसद् बैठकदेखि लगातार संसद्मा एमालेले बालकुमारी घटनाका दोषीलाई कारबाही, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालालाई सरकारबाट हटाउन, रामग्राम निजी कम्पनीलाई दिने प्रक्रियामा सहभागी भएको भन्दै पर्यटनमन्त्री सुदन किराँती र अख्तियारमा बयान दिन गएका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई सरकारबाट हटाउन दबाब दिँदै आएको छ ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
broken clouds
23° _ 23°
49%
1 km/h
मंगल
26 °C
बुध
24 °C
बिहि
24 °C
शुक्र
26 °C
शनि
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ