जसपा पार्टी अध्यक्ष यादवको नेतृत्वमा सरकारमा जाने

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ,। जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा जाने निर्णय गर्दै मन्त्रीको नाम टुङ्गो लगाएको छ ।

आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने सहभागी हुने निर्णय गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा अध्यक्ष उपेन्द्र यादवलाई पठाउने निर्णय गरेको छ । यसैगरी वन तथा वातावरणमन्त्री र स्वास्थ्य राज्यमन्त्री टुङ्गो लगाउने जिम्मा बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दिएको बस्नेतले बताउनुभयो । रासस

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
11°C
Kathmandu
mist
11° _ 11°
93%
1 km/h
बुध
22 °C
बिहि
22 °C
शुक्र
22 °C
शनि
24 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ