साफ यु–१६ महिला च्याम्पियनसिप : नेपाल प्रतियोगिताबाट बाहिरियो

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, नेपाल राजधानीमा जारी साफ यु–१६ महिला च्याम्पियनसिप, २०२४ बाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा भारतसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा भारतले नेपाललाई १०–० गोलअन्तरले पराजित गरेको हो । भारत प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

भारतले यसअघि पहिलो खेलमा भुटानलाई ७–० गोलअन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा बङ्गलादेशसँग ३–१ गोलअन्तरको हार बेहोरेको थियो । नेपाल पहिलो खेलमा बङ्गलादेशसँग नेपाल २–० गोलअन्तरले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा भने नेपालले भुटानसँग ३–० गोलअन्तरले विजयी भएको थियो ।

नेपालविरुद्धको आजको खेलमा भारतले पहिलो हाफमा ६ गोल गरेको थियो । दोस्रो हाफमा भारतले थप चार गोल ग¥यो । भारतका लागि पर्ल फर्नान्डेस र गुर्लिन करले दुई दुई गोल गरेका थिए ।

यस्तै अनिता डुंगडुंग, अनुष्का कुमारी, बिनोफिलिया शुलाई, रेआना र गुर्नाज करले एक एक गोल गरे । नेपाली खेलाडीले एउटा आत्मघाती गोल गरेका थिए । प्रतियोगिताको उपाधिका लागि भारत र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ । लिग चरणको अन्तिम खेलमा शुक्रबार भुटान र बङ्गलादेशबीच खेल हुनेछ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
13°C
Kathmandu
mist
13° _ 13°
94%
1 km/h
शुक्र
21 °C
शनि
24 °C
आइत
24 °C
सोम
26 °C
मंगल
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ