राष्ट्रिय सभाको रिक्त अध्यक्ष पदको निर्वाचन फागुन २९ गते हुने

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं, फागुन २७ गते । राष्ट्रिय सभाको रिक्त अध्यक्ष पदको निर्वाचन फागुन २९ गते हुने भएको छ । आइतबार बसेको राष्ट्रिय सभा बैठकमा सभाको अध्यक्षता गर्नुभएकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन फागुन २९ गते हुने निर्णय गर्नुभएको हो ।

उहाँले निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशित गर्न सङ्घीय संसद्का महासचिवलाई निर्देशन समेत दिनुभयो । बैठकमा बोल्दै उहाँले भन्नुभयो, ‘राष्ट्रिय सभा नियमावली २०७५ को नियम ७ बमोजिम राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचनका लागि २०८० फागुन २९ गते मंगलबारका दिन तोकिएको छ ।

साथै नियमावली बमोजिम सङ्घीय संसद्को महासचिव पद्मप्रसाद पाण्डेयलाई अध्यक्ष पदको निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशित गर्न निर्देशन दिन्छु ।’

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिएपछि अध्यक्षको निर्वाचन गर्नुपरेको हो । प्रतिनिधि सभामा पहिलो दल नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्ष निर्वाचनको मिति सार्न प्रस्ताव गरेको थियो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
mist
20° _ 20°
83%
2 km/h
मंगल
22 °C
बुध
27 °C
बिहि
29 °C
शुक्र
30 °C
शनि
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ