Ad imageAd image

धर्मलाई राजनीतिबाट टाढा राख्नु पर्दछ: प्रथम राष्ट्रपति डा.रामवरण यादव

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

धनुषा। प्रथम राष्ट्रपति डा.रामवरण यादवले धर्मलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताउनुभएको छ । मिथिला मध्यमा परिक्रमाको उद्घाटन गर्दै प्रथम राष्ट्रपति यादवले धर्मलाई राजनीतिसँगै जोडेर हेर्ने परिपाटीका कारण समाज विखण्डनतर्फ गइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले धार्मिक कार्यक्रममा राजनीति गर्नेहरुलाई सामेल गराउँदा धर्ममा पनि राजनीतिक प्रभाव बढ्दै गइरहेको बताउनुभयो । धर्ममा राजनीति हुँदा समाजमा विकृति बढेको उहाँको भनाइ छ ।

उहाँले धार्मिक कार्यक्रममा समाज उत्थानका कुरा हुनुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘धर्ममा पनि राजनीति हुँदा समाजमा विकृति बढ्दै गइरहेको छ, यसलाई हामीले रोक्नुपर्छ । धार्मिक कार्यक्रममा समाज उत्थानको कुरा हुनुपर्छ, समाजलाई कसरी जोड्ने त्यसतर्फ छलफल हुनुपर्छ नकि यस्ता कार्यक्रममा नेता कार्यकर्तालाई बोलाएर तामझाम गर्नुपर्छ ।’

कार्यक्रममा सहभागीमध्येको उद्योग, पर्यटन तथा वातावरणमन्त्री सुनीता यादवले प्रदेश सरकार मधेसलाई धार्मिक पर्यटन हबको रुपमा विकास गर्न तत्पर रहेको बताउनुभयो ।

- Advertisement -
Ad imageAd image

उहाँले मधेशलाई धार्मिक पर्यटन हबको रुपमा विकास गर्न मिथिला मध्यमा परिक्रमा सहायक सावित हुनसक्ने बताउनुभयो ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
mist
19° _ 19°
100%
1 km/h
शुक्र
33 °C
शनि
32 °C
आइत
32 °C
सोम
29 °C
मंगल
28 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ