Ad imageAd image

नयाँ अर्थमन्त्रीप्रति पुँजीबजार सकारात्मक : साताको पहिलो दिन दोहोरो अङ्कको वृद्धि

राष्ट्रिय समाचार समिति(रासस)
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक २२.१० अंकले वृद्धि भएको छ। अर्थमन्त्रीमा वर्षमान पुन आएसँगै पुँजी बजारका लगानीकर्ता पनि उत्साहित देखिएका छन्।लामो समयसम्म लगातार घटेको बजार नयाँ सत्ता समिकरण बनेसँगै सकारात्मक बनेको छ।

पछिल्ला तीन कारोबारमा नेप्से परिसूचक निरन्तर रुपमा उकालो लागेको छ।आइतबार नेप्से परिसूचक २२.१० अर्थात् १.०८ प्रतिशतले वृद्धि भएर २०५२.६५ बिन्दुमा बन्द भएको छ।त्यस्तै सेन्सेटिभ इण्डेक्स ४.२६ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.४९ अंक र इण्डेक्स १.४६ अंकले बढेको छ ।

आइतबार कारोबारमा आएका ३०४ कम्पनीको ७० लाख ४३ हजार ४५७ कित्ता शेयर २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५५८ रुपियाँ बराबरको कारोबार भएको छ।आइतबार नेप्से कारोबार रकम करिब तीन अर्ब नजिक पुगेको छ ।

- Advertisement -
Ad imageAd image

आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये हाइड्रोपावर बाहेक अन्य १२ वटा उपसमूहको सूचक बढेको छ।जसमा लघुवित्त उपसमूहको सूचक ४.२१ प्रतिशतले बढेको छ भने लाइफ इन्स्योरेन्स, ननलाइफ इन्स्योरेन्स, लगानी, होटल, विकास बैंक, फाइनान्स र म्युचुअल फण्ड उपसमूहको सूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ ।

नेप्से परिसूचक बढेसँगै विन लघुवित्त र जाल्पा लघुवित्तको शेयर मूल्य सकारात्मक सर्किट लागेको छ भने महुली लघुवित्तको ८.७२ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ८.७१ प्रतिशत र उन्नति सहकार्य लघुवित्तको ७.९४ प्रतिशतले बढेको छ।

यता चिरख्वा हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ७.०६ प्रतिशतले घटेको छ भने पिपुल्स पावरको ६.९५ प्रतिशतले घटेको छ।आइतबार शिवम् सिमेन्टको सबैभन्दा धेरै २२ करोड ९३ लाख रुपियाँको शेयर कारोबार भएको छ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
light rain
22° _ 22°
92%
1 km/h
शुक्र
23 °C
शनि
25 °C
आइत
23 °C
सोम
24 °C
मंगल
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ