प्रधानमन्त्रीलाई विश्वासको मत दिन सकिन्नः अध्यक्ष लिङ्देन

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफ्नो पार्टीले वर्तमान सरकारलाई विश्वासको मत नदिने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको दलीय आधारमा जारी छलफलमा उहाँले सरकार बनाउने र ढाल्ने काममा मात्र केन्द्रित भएको भन्दै सरकारलाई विश्वासको मत नदिने बताउनुभएको हो ।

“यसअघि छोटो समय सरकारको सहकार्यमा गएका थियौँ तर हामी बाहिरियौँ”, अध्यक्ष लिङ्देनले भन्नुभयो, “हामीलाई सरकार चलाउने अवसर पनि मिलेको छैन ।” उहाँले वर्तमान सरकारलाई राम्रो काम गर्न शुभकामना पनि दिनुभयो ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
scattered clouds
17° _ 17°
72%
4 km/h
सोम
17 °C
मंगल
21 °C
बुध
24 °C
बिहि
25 °C
शुक्र
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ