सगरमाथा क्षेत्र भ्रमणमा एक कोरियन नागरिकको लडेर मृत्यु

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

सोलुखुम्बु : सगरमाथा क्षेत्र भ्रमणमा आएका एक कोरियन नागरिकको लडेर ज्यान गएको छ । ज्यान गुमाउनेमा कोरियाका अन्दाजी ४७ वर्षीय ह्युनचल स्वाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार उहाँको ओलम्पिक हिमाल आरोहण गरेर फर्कंदै गर्दा खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ मा गत फागुन २८ गते लडेर ज्यान गएको हो ।

बाटोबाट चिप्लिएर लडेका ह्युनचल करिब दुई मिटर तल खसेको प्रहरीले जनाएको छ । हेलिकप्टरमार्फत उद्धार गरेर लुक्ला ल्याइएको मृतकको शव कानुनी प्रक्रिया पूरा गरी शवपरीक्षण लागि काठमाडौँको शिक्षण अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । मृतक ह्युनचल फागुन २१ गते एटेक्स कम्पनीमार्फत हिमाल आरोहणका लागि खुम्बु आएको जनाइएको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
few clouds
14° _ 14°
62%
बुध
26 °C
बिहि
26 °C
शुक्र
26 °C
शनि
15 °C
आइत
11 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ