सांसद अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरी प्रतिनिधिसभा बैठक स्थगित

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ — प्रतिनिधिसभाको बैठक सांसद मन्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ । प्रतिनिधिसभाको आइतबार ११ बजेर ४८ मिनेटमा बसेको बैठकले सांसद शर्माको निधनमा शोक प्रस्ताव पारित गरेको हो । सांसद शर्माको आइतबार बिहान निधन भएको हो ।

उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा उहाँको निधन भएको हो । २०२० माघ १९ गते जन्मिएकी अन्सारी २०७९ चैत १९ गते प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो ।

जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा उहाँ निर्वाचित हुनुभएको थियो ।

२०४६ सालको आन्दोलन देखि राजनीतिक यात्रा सुरुवात गर्नुभएकी उहाँ सद्भावना पार्टीमा आबद्ध भई २०४६ साल देखि २०५६ सम्म उपत्यका महिला इन्चार्ज बन्नु भएको थियो ।

उहाँ हाल जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । सभामुख देवराज घिमिरेले सिभिल अस्पतालमा गएर शोक व्यक्त गर्नुभएको थियो । प्रतिनिधिसभा बैठक सोमबार ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
82%
2 km/h
मंगल
25 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
25 °C
शनि
13 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ