पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई थप आठ दिन हिरासतमा राख्न अनुमति

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । सुप्रिम सहकारी ठगी प्रक्ररणमा मुछिएका दीपेश पुनलाई थप आठ दिन हिरासतमा राख्न जिल्ला अदालत रुपन्देहीले अनुमति दिएको छ ।

काठमाडौंबाट शुक्रबार पक्राउ परेका दीपेशमाथि प्रहरीले सहकारी हिनामिनामा अनुसन्धान गरिरहेको छ । रुपन्देहीस्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम हिनामिनाको अनुसन्धान गर्न रुपन्देही प्रहरीले दीपेशलाई हिरासतमा राखेको हो ।

८३ करोड रुपैयाँ हिनामिना भएको भन्दै एक हजार ७३० सहकारीपीडितले उजुरी दिएका थिए । दीपेश यो सहकारीका संस्थापक कोषाध्यक्ष हुन् । सोही सहकारीका संस्थापक अध्यक्ष जीबी राई भने फरार छन् । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशमाथि सुन तस्करीमा संलग्न रहेको आरोपमा पनि अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
thunderstorm
16° _ 16°
55%
2 km/h
आइत
16 °C
सोम
25 °C
मंगल
25 °C
बुध
26 °C
बिहि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ