बाग्लुङमा बस दुर्घटना हुँदा चालक सहित ८ जनाको मृत्यु (अपडेट)

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रुकुमपश्चिम । बाग्लुङमा बस दुर्घटना हुँदा चालक सहित ८ जनाको मृत्यु भएको छ । रुकुम पश्चिमबाट काठमाडौंका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटना भएको हो ।

दुर्घटनामा ७ जना यात्रुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिनुभयो । दुर्घटनामा चालकको पनि मृत्युभएको छ । उहाँका अनुसार दुर्घटनामा २५ जना घाइते रहेका छन् । घाइतेहरूको प्रहरी र स्थानीयले उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाइएको प्रहरी निरीक्षक विकले जानकारी दिनुभयो ।

बस मध्यपहाडी लोकमार्गबाट १ सय ५० मिटर तल खसेको प्रहरी निरीक्षक विकले बताउनुभयो । मृतक र घाइतेहरूको नाम खुल्न सकेको छैन ।

सेयर: 31
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
haze
23° _ 23°
60%
4 km/h
बुध
23 °C
बिहि
26 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ