Ad imageAd image

२१ वर्षअ‍घि साथीको हत्या गरी फरार रहेका अभियुक्त सार्वजनिक

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं, चैत ६ गते । नेपाल प्रहरीले २१ वर्षअ‍घि साथीको हत्या गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मङ्गलबार पत्रकार सम्मेलन गरी सो बारे जानकारी गराएको हो ।

पक्राउ पर्नेमा २१ वर्षअघि सञ्जय शाहीको हत्या गरी फरार रहेका तिखे भन्ने तेजबहादुर राई रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी सुरक्षा केसीले बताउनुभयो ।४१ वर्षका राई सोलुखुम्बु नेचा सल्यान गाउँपालिका ४ का हुन् ।

उनले मापसे गरी झगडा पर्दा साथीको हत्या गरेको बताइएको छ । शाहीको २१ वर्षअघि काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका १९ मरुढोका इनाटोलमा रहेको एक पशु वधशालामा हत्या भएको थियो ।त्यस्तै, प्रहरीले १६ वर्षअघि धर्मराज विष्टको हत्याका योजनाकारलाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ ।

२०६४ साल असार २६ गते ललितपुर जिल्लको तत्कालीन ललितपुर उपमहानगरपालिका २२ शंखमुलस्थित ललितपुर इमाडोल घर भएका ३३ वर्षका धर्मराज विष्टको हत्या भएको थियो ।

- Advertisement -
Ad imageAd image

सोही घटनाका योजनाकारलाई प्रहरीले १६ वर्षपछि आज पक्राउ गरेको हो ।पक्राउ पर्नेमा ४१ वर्षकी धादिङ बुढाथुम गाविस ३, साबिक गङ्गा जमुना गाउँपालिका-७ की हाल ललितपुर २६ मा बस्दै आएकी सविता थापा (अधिकारी) रहेकी छन् ।

धर्मराज विष्ट मीन भवन कमर्स क्याम्पसको प्राध्यापक रहेको र सामान्य चिनजान रहेको प्रहरीले बताएको छ ।विष्टले आफूलाई बारम्बार जिस्क्याउने गरेको कुरा भाइ विनोद थापालाई भनेको र दिदीको कुरा सुनिसकेपछि विनोदले आफ्ना साथीहरूलाई सोबारेमा कुरा गरी हत्याको योजना तयार पारेको प्रहरीले बताएको छ । दुवैलाई कानुनअनुसार कारबाहीको प्रक्रिया अघि बढाइएको बताउनुभयो ।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
94%
2 km/h
मंगल
30 °C
बुध
29 °C
बिहि
27 °C
शुक्र
20 °C
शनि
28 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ