शिक्षकले नै कक्षा ८ को प्रश्न पत्र आउट गरे

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

कपिलवस्तु चैत ६ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले लिएको आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) को प्रश्न पत्र आउट भएको छ ।

आइतबार सञ्चालन भएको गणित विषयको प्रश्नपत्र परीक्षा अगावै लिक भएको सार्वजनिक भएको थियो । नगरपालिकाको वडा नम्बर ९ जनकल्याण माविमा परीक्षा अनुगमनको क्रममा प्रश्नपत्र बाहिरिएको आशङ्का गरिएको थियो ।

प्रश्न हल भएको हुबहु चिट र कपी भेटिएपछि प्रश्नपत्र बाहिरिएको पुष्टि भएको थियो । शनिबार सोही वडाको श्री मा.वि इमिलियाबाट प्रश्नपत्र आउट गरिएको थियो ।

विद्यालयबाट दुई जना शिक्षकले खाम बन्दीबाट प्रश्नपत्र निकालेर विद्यार्थीलाई हल गराइएको अनुसन्धानबाट खुलेको नगर शिक्षा समितिका सदस्य रामप्रसाद अर्यालले बताउनु भयो ।

ती शिक्षकले कोचिङ पढ्दै गरेका विद्यार्थीलाई प्रश्नपत्र उपलब्ध गराएका थिए ।

सोमबार नगर शिक्षा समितिको बैठक बसी उक्त विषयको परीक्षा रद्द गरिएको नगरपालिकाले सूचना प्रकाशन गरेको छ । रद्द भएको परीक्षा चैत ९ गते गरिने नगरपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद भट्टराईले बताउनु भयो ।

प्रश्नपत्र आउट गर्ने शिक्षकलाई कानुन अनुसार कारबाही गरिने अधिकृत भट्टराईको भनाइ रहेको छ । नगरपालिकाले कक्षा ८ को परीक्षा अलग विद्यालयमा दिने व्यवस्था गरेको छ । विद्यालय बिच प्रतिस्पर्धा गराई नतिजाको मूल्याङ्कन समेत गर्दै आएको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
broken clouds
20° _ 20°
68%
3 km/h
बिहि
18 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ