रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारीमा दुई वटा मोटरसाईकल एक आपसमा ठोकिदा दुई जना घाईते भएका छन् । चौरजहारी नगरपालिकाको वडा नम्वर २ नयाँ बजारमा मंगलवार बेलुका भे ७ प ८७९२ र कर्णाली प्रदेश ०२—००१ प २८३१ नम्वरको मोटरसाईकल एक आपसमा ठोकिदा चालक दुवै जना घाईते भएका हुन् ।
नगरपालिकाको वडा नम्वर १ नाखिरा घरभै चौरजहारी नगरपालिकामा कार्यरत कर्मचारी ३६ वर्षिय विजय विष्ट कार्यालय बाट काम सकेर घर जाँदै गर्दा र सोही नगरपालिका वडा नम्वर ७ काप्रा घरभै समिर अटोपार्टसमा कार्यरत मजदुर १९ वर्षिय सन्तोष विश्वकर्मा अटोपार्टसमा फर्किदै गर्दा दुर्घटनामा परी दुवै जना घाईते भएका हुन ।
विष्टको टाउँको र छातिमा गहिरो चोट लागेको छ, भने विश्वकर्माको दाँया हात र निधारमा सामान्य चोट लागेको इलाका प्रहरी कार्यालय चौरजहारीले जनाएको छ ।
तिव्रगति, साँघुरो घुम्ति सडक, सडक वरीपरि घरनिर्माणको लागि निर्माण सामानहरु बाटोमा राखिएको कारण दुर्घटना भएको हुन सक्ने इलाका प्रहरी कार्यालय चौरजहारीले वताएको छ ।


