इण्डो नेपाल टी–२० प्रतियोगिता आजदेखि

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

चितवन, ८ चैत : इण्डो नेपाल टी–२० च्याम्पियनसिप प्रतियोगिता आजबाट भरतपुरमा सुरु हुँदै छ । गौतमबुद्व अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने प्रतियोगितामा दुई भारतीय क्लबसहित छ टोलीले प्रतिस्पर्धा गर्ने भएका हुन् । आजको पहिलो खेल भरतपुर ११ र बागमतीबीच हुने आयोजकले जनाएको छ ।

चितवन जिल्ला क्रिकेट सङ्घको आयोजनामा हुन लागेको प्रतियोगितामा नेपालका तीन प्रादेशिक टोली (बागमती, सुदूरपश्चिम र मधेस) तथा भरतपुर ११ सहभागी हुँदै छन् भने भारतबाट तलतला इन्स्टिच्युट कोलकता र पिएसआर ग्रुप लखनउको सहभागिता रहेको छ ।

भारतीय टोलीका खेलाडीमा भारतको चर्चित रणजी ट्रफी खेलिसकेका खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिता राउण्ड रोबिन आधारमा खेलाइने क्रिकेट सङ्घका सचिव सुरज ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस प्रतियोगिताले भ्रमण वर्ष २०२४ को प्रवर्द्धन एवं क्रिकेट जगत्मा नेपाल र भारतको सम्बन्धलाई उचाइमा पुर्याउने जनाइएको छ । प्रतियोगितामा कुल १८ खेल हुनेछन् ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
thunderstorm
16° _ 16°
82%
3 km/h
शुक्र
27 °C
शनि
28 °C
आइत
27 °C
सोम
25 °C
मंगल
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ